टर्किस फुटबलर रेकबरलाई कोरोना भाइरसको सक्रमण

666
  •  
  •  
  •  

एजेन्सी । टर्किस फुटबलर रुस्तु रेकबरलाई कोरोना भाइरस(कोभिड–१९) को सक्रमण भएको पुष्टि भएको छ । बार्सिलोनाका पूर्व गोलरक्षक समेत रहेका रेकबरलाई चिन्ताजनक अवस्थामा उपचार भइरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्।

४६ वर्षीय रुस्तु, टर्की सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म पुग्दा टोलिका महत्वपुर्ण सदस्य रहेका थिए। रुस्तुको नाममा टर्कीका लागि सर्वाधिक पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने कीर्तिमान पनि रहेको छ।

रुस्तुकी श्रीमति इसिल रेकबरले भनेकी छिन्,‘तिव्र गतिमा विकसित लक्षणका कारण हामी स्तब्ध छौँ।’

इसिलसहित रुस्तुका दुई सन्तानमा भने कोरोना संक्रमण नरहेको जनाइएको छ। बेसिकटासका लागि पाँच वर्ष व्यावशायीक फुटबल खेलेपछि रुस्तुले सन् २०१२ मा खेलाडि जिवनबाट सन्याश लिएका थिए।


  •  
  •  
  •