कोरोनाबाट एकैदिन ५ जनाको मृत्‍यु, ८१५ जनामा संक्रमण पुष्टि

64
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ८१५ जनामा संक्रमण पुष्टि भएको छ ।

४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै बिहीबार कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।


  •  
  •  
  •