८६८ कोरोना संक्रमित थपिँदा ४१४ निको

95
  •  
  •  
  •  

काठमाडौं । नेपालमा ८६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।

६ हजार ३०० नमुना परीक्षणमा मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो । २४ घण्टामा ४१४ निको र ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ । २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले खोप लगाएका छन् ।


  •  
  •  
  •