कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुग्यो

82
  •  
  •  
  •  

एजेन्सी । ‘कोभिड–१९’ अर्थात् नोवल कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको छ ।

कोरोना संक्रमणका कारण बिहीबार चीनमा १ सय २३ र जापानमा १ जनाको मृत्यु भएको हो । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको छ । यी मृतकमध्ये हङकङ, फिलिपिन्स र जापानका एक/एक जना छन् ।

बुधबारको तुलनामा भने बिहीबार मृत्यु तथा संक्रमण दर घटेको छ । बुधबार संक्रमण सुरुभएयता अहिलेसम्मकै धेरै २ सय ४२ जनाको मृत्यु भएको थियो भने झन्डै १५ हजार संक्रमित भएका थिए ।

बिहीबार चीनमा मात्रै थप ४ हजार ८ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही दिन जापानमा ५०, सिंगापुरमा ८, हङकङमा ३, अमेरिकामा २ र मलेसिया र भियतनाममा १ १ जनालाई कोरोना संक्रमण भेटिएको छ ।

शुक्रबार बिहानसम्म विश्वरभर गरेर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ४७ पुगेको छ ।

मृत्यु/संक्रमितकाे संख्या कहाँ कति ? 
चीन- १ हजार ४८८ मृत्यु, ६४,६५८ संक्रमित
हङकङ- १ मृत्यु, ५३ संक्रमित
फिलिपिन्स- १ मृत्यु, ३ संक्रमित
जापान- १ मृत्यु, २५२ संक्रमित

संक्रमित मात्र
सिंगापुर- ५८
थाइल्यान्ड- ३३
दक्षिण कोरिया- २८
ताइवान- १८
अस्ट्रेलिया- १५
मलेसिया- १९
जर्मनी- १६
भियतनाम- १६
अमेरिका- १५
फ्रान्स- ११
मकाओ- १०
बेलायत- ९
क्यानडा- ७
यूएई- ८
इटाली- ३
भारत- ३
रुस- २
श्रीलंका- १
कम्बोडिया- १
फिनल्यान्ड- १
नेपाल- १
स्विडेन- १
स्पेन- १
बेल्जियम- १


  •  
  •  
  •