नेपालमा थप ११ हजार जनामा कोरोना संक्रमण, ६१३ जना निको

123
  •  
  •  
  •  


काठमाडौं, ५ माघ । नेपालमा एकैदिन ११ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो।
१८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टिजेन परीक्षणमा १८५० गरी ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यो हालसम्मकै सर्वाधिक संक्रमण हो। यस्तै औषत संक्रमणदर ५२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। २४ घण्टामा ६१३ जना निको भएका छन् ।
काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६ सय ६६ जनामा संक्रमण देखिएको छ ।


  •  
  •  
  •