एकैदिन थपिए १०२५८ संक्रमित, ५६२ जना संक्रमणमुक्त

76
  •  
  •  
  •  

काठमाडौं । नेपालमा एकै दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ८७२ नमूनाको पीसीआर र ४ हजार ९५६ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणबाट ८ हजार ७३० र एन्टिजेन परीक्षणबाट १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ५६२ जना कोरोना संक्रमणबाटमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित छन्।
यस्तै यस्तै, काठमाडौं उपत्यकामा एकै दिन ५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० सहित ५५४९ संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा ५५४९ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा २४ हजार ५७६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १७७०९, ललितपुरमा ४४७१ र भक्तपुरमा २३९६ सक्रिय संक्रमित छन्।


  •  
  •  
  •