कोरोनाका कारण चीनमा भन्दा स्पेनमा मर्नेको संख्या बढी

51
  •  
  •  
  •  

एजेन्सी । कोरोनाभाइरस(कोभिड–१९) सङ्क्रमणबाट स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ।
त्यहाँ पछिल्लो २४ घण्टा यता थप ७ सय ३८ जनासहित कुल ३४ सयको मृत्यु भएको छ ।

चीनको भन्दा त्यो १५० जनाले धेरै हो। चीनमा ८१ हजारमा सङ्क्रमण फैलिएपनि ज्यान गुमाउनेको सङ्ख्या ३२ सयभन्दा केही बढी बताइएको छ।

उक्त रोगबाट सबभन्दा धेरै इटलीमा मरेका छन्। त्यहाँ सात हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।

स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको छ।स्पेनमा खासगरि राजधानी मड्रिड सबैभन्दा प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ।


  •  
  •  
  •