भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो

89
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार बुधबार भारतमा कोरोनाबाट थप तीन जनाको ज्यान गएको छ ।
बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ का कारण मृत्यु भएको हो ।

त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन् ।

बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ ।
यससँगै भारतमा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

 


  •  
  •  
  •