कोरोनाभाइरस सम्पूर्ण मानवजातिका लागि खतरा : संयुक्त राष्ट्रसंघ

61
  •  
  •  
  •  

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस(कोभिड–१९) महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागि पर्नुपर्ने बताएका छन् ।

महासचिव गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताएका बीबीसीले जनाएको छ ।  आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ ।

महासचिवले भने, ‘यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ ।’
उनले भने, ‘त्यतिमात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्नेछ । त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन ।’

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले परीक्षण, क्वारन्टीन तथा संक्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ ।

संक्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा संकेत देखिएको डब्लुएचओले बताएको छ । यसअघि उनले कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्ने बताएका थिए ।


  •  
  •  
  •