६७२ संक्रमित थपिँदा ४९० जना निको

56
  •  
  •  
  •  


काठमाडौं । नेपालमा ६७२ जना कोरोना संक्रमित थपिँदा ४९० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ । कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।


  •  
  •  
  •