कोरोना निको हुने दर ९७.२ प्रतिशत

194
  •  
  •  
  •  


काठमाडौं । नेपालमा कोरोना संक्रमणदर निको हुने दर ९७.२ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७७१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३२६ पुगेको छ । हाल देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् ।


  •  
  •  
  •