१५११ कोरोना संक्रमित थपिँदा १६८९ निको

80
  •  
  •  
  •  


काठमाडौं । नेपालमा बिहीबार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढेको छ । बिहीबार काठमाडौं उपत्यकामा उपत्यकामा ४३० सहित नेपालमा थप १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण भएको छ। त्यस्तै, एक हजार ६८९ संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमित २५ हजार ७७२ छन्। काठमाडौं उपत्यकामा थप ४३० कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौं उपत्यकामा ६४७० संक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५९०, भक्तपुरमा १०५८ र ललितपुरमा १८२२ सक्रिय संक्रमित छन्।


  •  
  •  
  •