कोरोनाको नाममा कुनैपनि संघसंस्थाले कोष खडा गर्न नपाउने(निर्णयसहित)

55
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनैपनि संघसंस्थाले कोष खडा गर्न नपाउने भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले कुनै पनि संघसंस्थाले कोष खडा गरेर पैसा उठाउन नपाउने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य सामग्री तथा किटहरु ल्याउनको लागि निजी क्षेत्रसँग समन्वयन गर्ने निर्णय समेत गरेको छ ।
निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

कोरोना संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, बीर अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्ने र प्रदेश स्तरमै ल्याबहरु स्थापना नहुँदा सम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थित ल्याबमा स्वाब परीक्षणका लागि ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै भारत तर्फको सिमामा रोकिएका नेपाली नागरिकहरुलाई अन्तिम पटकका लागि आज एक दिन छाडने निर्णय गरेको छ । त्ययसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा घर जान दिने व्यवस्था गरेको उनले बताए । बैठकले सरकारले जारी गरेको लक डाउनका लागि नागरिक स्तरबाट पालना भएको र छिटफुट रुपमा अवज्ञा भएपनि थप कडाइ गर्ने अवस्था नभएको बताए ।

हेर्नुहोस् निर्णयहरु


  •  
  •  
  •