कोरोना महामारी, आर्थिक असुरक्षा र समाधानः डा. रवीन्द्र पाण्डे

121
  •  
  •  
  •  

डा. रवीन्द्र पाण्डे

विश्वभर नै कोरोना महामारीको कारण चिन्ता, तनाव, डर लगायत मनोबैज्ञानिक समस्या बढेका छन् । यी मध्ये सबैभन्दा ठूलो आर्थिक असुरक्षा हो । बेरोजगार हुनु, ब्यवसायबाट विस्थापित हुनु, निम्न ज्यालामा काम गर्नु, कुनै पनि समय कामबाट हट्नुपर्ने अवस्था हुनु, बालबालिकाको स्कुलको फिस तिर्न अप्ठ्यारो हुनु लगायतका समस्या हुँदा खाने बर्गमा छ भने हुनेखाने बर्गमा त्यो भन्दा ठूलो समस्या देखिएका छन् ।
आफ्नो व्यवसाय ऋणात्मक हुनु, महँगो भाडा तथा स्टाफ खर्च हुनु, कमाइ नहुनु, घरजग्गा भएपनि नगद नहुँदा जीवनयापनमा समस्या देख्नु, त्यसको कारण चिन्ता, तनाब तथा फ्रस्ट्रेसन हुनु र भविष्यमा पहिलेजस्तै कमाइ हुने कुरामा विश्वास नलाग्नु तथा भबिष्यप्रति आशाबादी नहुने लगायतका मनोबैज्ञानिक समस्या देखापरेका छन् ।
दैनिक काम गरेर खाने ठूलो जनसंख्या लकडाउन हुन्छ कि भनेर त्रासमा रहेका छन् ्र लकडाउन भयो भने के खाने ? कसरी परिवार पाल्ने ? केटाकेटीको फि कसरी तिर्ने ? बिरामी भए कसरी उपचार गर्ने ? भाडा कसरी तिर्ने ? लगायतका चिन्ता धेरैजनामा छ

धेरै देशमा फैलिएको तेस्रो लहर, कोरियामा आएको चौथो लहर तथा इरानमा देखिएको पाँचौं लहरको कारण यो महामारी सँधै रहने हो कि भन्ने चिन्ता हरेक बर्गमा बिध्यामान छ । विकसित देशमा लकडाउन भएपनि राज्यले जीविका, पढाइ तथा उपचारको ग्यारेन्टी गरेको हुन्छ । हाम्रो सामाजिक असुरक्षा भएको देशमा लकडाउन हुँदा पनि ‘ सेल्फी राहत’ बाहेक केहि प्राप्त नहुने हुँदा चिन्ताको ग्राफ उकालो लागिरहेको हो ।

महामारीको अवधिमा सरकारले स्थानीय निकायबाट हुँदा खाने बर्गलाई कम्तिमा महिनाको ५० किलो चामल, ५ किलो दाल, १० हजार नगद, शिक्षा र स्वास्थ्य निशुल्क गर्ने हो भने यो अवस्था आउने थिएन ।
अहिले जुन बजेट बालुवामा खन्याइएको छ, त्यसलाई ब्यबस्थापन गर्ने हो भने राहत दिन सरकारलाई कुनै अप्ठ्यारो पर्दैन । यसमा सरकार जनताप्रति जिम्मेवार भए पुग्छ ।

हामी आम नागरिकले यी तथ्य आत्मसात गर्नु जरुरी छ

– हरेक कुराको आयु हुन्छ ्र यो महामारीको पनि आयु छ । १–२ बर्षपछि महामारी सकिन्छ ।

– खोप अभियान चलिरहेको छ । खोप लगाएपछि अपवाद बाहेक कोभिड सरेपनि गम्भीर हुने ÷ मृत्यु हुने हुँदैन ।
– छिमेकी देश तथा अन्य देशमा खोप अभियान तीब्र छ । त्यहाँबाट नेपाल आउने व्यक्ति खोप लगाएर आउँछन् । जसको कारण पहिले जस्तो संक्रमण सर्दैन ।
– दोस्रो लहरमा लाखौँ व्यक्ति संक्रमण भएका छन् ्र ती मध्ये धेरैलाई थाहा नभई कोरोना निको भएर एन्टिबोडी बिकास भएको छ । खोप लगाएका तीसौं लाख व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको छ ्र यी व्यक्तिलाई कोभिड लागेपनि सामान्य रुपमा निको हुन्छ ।
– दोस्रो लहरमा हाम्रा स्वास्थ्य संरचना धेरै बलिया भएका छन् । अक्सिजन नपाएर मृत्यु हुने अवस्था अब हुने छैन ।
– मास्क, भौतिक दुरी र हातको सफाइमा ध्यान दिए संक्रमण सर्दैन ।
– महामारीको समयमा अनपेक्षित कुरा धेरै हुन्छन् । विकसित देशमा पनि हाम्रो देशमा भन्दा धेरै व्यक्तिको निधन भएको छ । तसर्थ, जहाँ बसेपनि जोखिम हुनसक्छ ।
– अर्को वर्षदेखि खोपको कारण कोरोना सामान्य रुघाखोकीजस्तो हुनसक्छ ।
– त्यसपछि हाम्रो काम, कमाइ तथा आर्थिक गतिबिधि पहिलेभन्दा सुदृध हुन्छ । हामीले मेहेनत गर्यौं भने यो महामारीमा भएको घाटा ६ महिनामै हट्नेछ । त्यसपछि हामीले पहिलेभन्दा उन्नत जीवन पाउनेछौं ।
– महामारीले संसारमै हरेक मानिसलाई घर वा आफ्नो देशमा कैद गरेको छ । महामारी कमजोर भएपछि भ्रमणमा निस्किने लहर चल्छ । हाम्रो देशमा पनि लाखौँ पर्यटक आउँछन् । पर्यटन क्षेत्र बलियो हुँदा रोजगारी तथा कमाइ बढ्छ ।
– अहिले कमाइ कम भएको हुँदा हाम्रो क्रय शक्ति कम भएको छ । १ वर्षपछि हाम्रो रोजगारी तथा ब्यबसाय चल्नेछ । आम नागरिकको कमाइ भएपछि खर्च गर्नेछन् । त्यसपछि हाम्रा हरेक ब्यबसाय चल्नेछन् ।
– कोठामै कैद भएर अनलाइन पढ्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
– विद्यार्थीको लागि बिदेशमा पढ्ने अवसर प्राप्त हुनेछ ।
– धेरै देशलाई कामदारको खाँचो पर्नेछ । तसर्थ, बैदेशिक रोजगारी बढ्नेछ ।
– महामारीले कृषि, पशुपालन आदिलाई राम्रो पेशाको रुपमा चिनाएको छ । लाखौँ युवा आफ्नै देशमा स्वरोजगारमा लाग्नेछन् ।
– नागरिकको कमाइ भएपछि बन्द भएका ब्यबसाय पहिलेभन्दा राम्रोसंग चल्नेछन् ।
– यो समयमा हामीले उच्च मनोबलको साथ जीवन संचालन गर्न सक्यौं भने अर्को बर्षदेखि हाम्रा तनाब, चिन्ता तथा असुरक्षा हट्नेछन् । त्यो बेलासम्म हामी सुरक्षित, धैर्य तथा आशाबादी हुनु जरुरी छ ।
– अन्त्यमा, सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गरोस्, खोप भटाभट लगाओस् । तर लकडाउन नगरोस् । लकडाउन गर्ने परिस्थिति रोक्ने काम अहिलेदेखि गरोस् । राहत, सहुलियत र छुटजस्ता नागरिक प्रदत्त अधिकार सुनिश्चित गरोस् । आर्थिक असुरक्षाको चिन्ता हटाउने कार्यक्रम तुरुन्त लागु गरोस् ।
डा.पाण्डेको फेसबुकबाट साभार


  •  
  •  
  •