नेपालमा २५६८ संक्रमित थपिँदा २०२० निको

386
  •  
  •  
  •  


काठमाडौं । नेपालमा थप २५६८ कोरोना संक्रमित थपिँदा २०२० निको भएका छन् । गत २४ घण्टामा ८ हजार २ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८१ र ४ हजार २ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआरबाट ६ लाख ९७ हजार ३ सय ७० र एन्टिजेनबाट ६१ हजार ९ सय ३७ जनामा कोभिड पुष्टि भएको मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा २ हजार २० जना निको भएका छन् । हालसम्म ६ लाख ५६ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा १८ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ। मन्त्रालयका अनुसार, आइतबार काठमाडौं उपत्यकामा ८५१ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार ७७५ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै, काठमाडौंमा ५९४, ललितपुरमा १६६ र भक्तपुरमा ९१ जनामा कोरोना देखिएको हो। शनिबार काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जनामा कोरोना देखिएको थियो।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ७८७ पुगेका छन्। जसमध्ये काठमाडौंमा ६ हजार ९८, ललितपुरमा एक हजार ५६४ र भक्तपुरमा एक हजार १२५ पुगेको छ।


  •  
  •  
  •