३६११ संक्रमित थपिँदा १८१६ जना निको

87
  •  
  •  
  •  


काठमाडौं । नेपालमा ३६११ संक्रमित थपिए १८१६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ६७ र ४ हजार ८ सय ७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ७ लाख ५३ हजार ६ सय ३३ पुगेको छ । गत २४ घण्टामा थप १ हजार ८ सय १६ संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिडमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप २७ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । देशभर आज ३१ हजार १४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थप ८१९ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन्।


  •  
  •  
  •