१ हजार ५ सय ९५ जना संक्रमणमुक्त, ३,१०८ संक्रमित थपिए

55
  •  
  •  
  •  


काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ५ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय आठजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा दुई हजार दुई सय दुई र एन्टिजेन परीक्षणमा नौ सय ६ जनामा संक्रमण देखिएको छ । हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार नौ सय २७ पुगेको छ । निको हुने दर ९४।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार २५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार ६ सय सात पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७१९ जनामा संक्रमण भएको हो। जसमध्ये काठमाडौंका ५३१, भक्तपुरका ४१ जना र ललितपुरका १४७ जना छन्।

school

योसँगै मंगलबारसम्म काठमाडौं उपत्यकामा ७ हजार २४१ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५५३७, भक्तपुरमा ८२९ जना र ललितपुरमा ८७५ जना सक्रिय संक्रमित छन्।


  •  
  •  
  •