२ हजार ४ सय ७६ कोरोना संक्रमित थपिँदा ५ हजार ४ सय ५५ निको

77
  •  
  •  
  •  


काठमाडौं । नेपालमा शुक्रबार २ हजार ४ सय ७६ कोरोना संक्रमित थपिँदा ५ हजार ४ सय ५५ निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार कुल १४ हजार ३५१ जनाको नमूना परीक्षण गरिएको थियो। ९५८६ नमूना परीक्षण गर्दा १७२१ र ४७६५ नमूना परीक्षण गर्दा ७५५ जनामा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा ५४५५ जना निको भएका छन्।

त्यस्तै थप २७ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।

काठमाडौं उपत्यकामा थप ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय २७ जनामा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका ३०८ जना, ललितपुरका ७६ जना र भक्तपुरका ४३ जना छन्।


  •  
  •  
  •