२४२१ कोरोना संक्रमित थपिँदा ३५५८ निको

84
  •  
  •  
  •  


काठमाडौं । नेपालमा ४२१ कोरोना संक्रमित थपिँदा ३५५८ निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४६१ जनामा पिसिआर परीक्षण गरिएकोमा १५११ पोजेटिभ देखिएको थियो भने ४९५३ को एन्टिजेन परीक्षण गरिएकोमा ९१० मा पोजेटिभ देखिएको थियो।
पछिल्लो २४ घण्टामा कूल १२ हजार ४ सय १४ नमूना परीक्षण गरिएको थियो। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनाबाट निको भएका छन्। त्यस्तै, ५२ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। अहिलेसम्म ५० हजार ५२० सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३४६ जना, ललितपुर जिल्लामा ९४ जना र भक्तपुर जिल्लामा ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।


  •  
  •  
  •