थप ४ हजार ९५१ संक्रमणमुक्त, निको हुने दर ९०.२ प्रतिशत

96
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९५१ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । निको हुने दर ९०.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मंगलबार थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा १२२०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको थियो भने ४७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको थियो।

पछिल्लो २४ घण्टामा कूल १६ हजार ९ सय १३ नमूना परीक्षण गरिएको थियो। त्यस्तै, ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।


  •  
  •  
  •