कोरोना निको हुनेको दर ८९ प्रतिशत, शुक्रबार ४ हजार २० जना निको

107
  •  
  •  
  •  


काठमाडौं । नेपालमा कोरोना निको हुनेको दर ८९ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार २० जना निको भएका छन्।
शुक्रबार देशभर २ हजार ७६८ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कुल १३ हजार ३७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

शुक्रबार थप ४४ जनाको मृत्यु भएको छ। कुल ८ हजार ६४१ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेको दर १.६ प्रतिशत छ। हालसम्म देशभर ३२ लाख ५५ हजार ५७९ जनाको पिसिआर तथा १ लाख ३३ हजार ६२७ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ।

हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९४७ जना र एन्टिजेन परीक्षणमध्ये २४ हजार ८६१ जनामा पोजेटिभ देखिएको तथ्यांक छ। तिमध्ये ५ लाख ४९ हजार ६८२ जना निको भएका छन्।


  •  
  •  
  •