दुई हजार नौ सय १८ संक्रमित थपिँदा पाँच हजार एक सय ४७ जना संक्रमणमुक्त

134
  •  
  •  
  •  


काठमाडौं । नेपालमा सोमबार थप दुई हजार नौ सय १८ संक्रमित थपिँदा पाँच हजार एक सय ४७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अन्ुसार सोमबार थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै मृत्यु हुनेको संख्या आठ हजार चार सय ६५ पुगेको छ । नेपालमा कोभिड मृत्युदर १ दशमल ३९ प्रतिशत छ ।

हालसम्म पाँच लाख ३६ हजार दुई सय ५२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ८७.८ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा सोमबार ६०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६०७ जनामा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका ३९६, ललितपुरका १४५ र भक्तपुरका ६६ जना छन्। काठमाडौं उपत्यकामा ८१८२, भक्तपुरमा २४३४ र ललितपुरमा ३४४२ सक्रिय संक्रमित छन्।


  •  
  •  
  •