नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ८५.२ प्रतिशत

50
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ८५.२ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार बुधबार ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पिसिआर विधिबाट १२०७४ र एन्टिजेनबाट ४५६८ जनाको परीक्षण गर्दा सो संङ्ख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा संक्रिय संक्रमित ८० हजार ३३६ जना पुगेका छन् ।

बुधबार काठमाडौंमा  ६७९,भक्तपुर ८५, ललितपुर १५१ जना गरी उपत्यकामा ९१५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ६१५६५२ कोरोना पुगेका छन् भने ८१७९ जनाको मुत्यु भएको छ ।


  •  
  •  
  •