५१५३ कोरोना संक्रमित थपिँदा ६५७० कोरोनामुक्त

56
  •  
  •  
  •  

काठमाडौं । नेपालमा ५१५३ कोरोना संक्रमित थपिँदा ६५७० कोरोनामुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १७६७६ परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। १२ हजार ६५ वटा पिसीआर परीक्षणबाट ३८७० र ५६११ एन्टिजेन परीक्षणबाट १२८३ जनामा कोरोना पोजेटिभ देखिएको हो। नेपालमा थप ६५७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ। यो सँगै ५ लाख ४ हजार ५३० जना संक्रमण मुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार हाल ९० हजार ८ सय ३४ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत छन्।

 पछिल्लो २४ घन्टाको अधवधिमा मुलुकभरका विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका १०८ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ८०९८ जनाको पुगेकाे छ।


  •  
  •  
  •