८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिँदा ६ हजार ८९१ जना डिस्चार्ज

84
  •  
  •  
  •  


काठमाडौं । नेपालमा मंगलबार ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिँदा ६ हजार ८९१ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९ सय ७९ नमूना परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २० हजार २ सय ८६ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ८ हजार १ सय ३६ मा पोजेटिभ देखिएको र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको थियो।

गत २४ घण्टाको अवधिमा १९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या ५४११ पुगेको छ।

देशभर ७५२ जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा ६८९१ जना डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म ३ लाख ५२ हजार ४ सय १४ कोरोनामुक्त भएका छन्।

काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा २०४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना संक्रमित थपिएका हुन्। योसँगै अहिलेसम्म काठमाडौं उपत्यकामा ३९ हजार २४५ सक्रिय संक्रमित छन्।  मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २७ हजार ३३९, ललितपुरमा ६९९० र भक्तपुरमा ४९१६ सक्रिय संक्रमित छन्।


  •  
  •  
  •