५ हजार ७ सय ६७ जना संक्रमणमुक्त

95
  •  
  •  
  •  


काठमाडौं । नेपालमा थप ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिँदा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ कोरोनामुक्त भएका छन्।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजार ६ सय ५३ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा पोजेटिभ देखिएको र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको थियो।

गत २४ घण्टाको अवधिमा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या ५२१५ पुगेको छ।

देशभर ७०८ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै  काठमाडौं उपत्यकामा थप तीन हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सोमबार  मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार उपत्यकामा मात्रै तीन हजार ९८ जनामा संक्रमण देखिएको हो।  त्यसमध्ये काठमाडौंका २३४६, ललितपुरका ४५४ र भक्तपुरका २९८ जना छन्।

 योसँगै काठमाडौं उपत्यकामा अहिले ४० हजार ७७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।  काठमाडौंमा मात्रै अहिले २८ हजार ५२७, भक्तपुरमा ५०७६ र ललितपुरमा ७१७१ जना सक्रिय संक्रमित छन्।


  •  
  •  
  •