७ हजार ३ सय ६८ संक्रमित थपिँदा ६ हजार ६ सय ४८ जना डिस्चार्ज

90
  •  
  •  
  •  


काठमाडौं । नेपालका कारोना संक्रमणको दर घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिँदा ६ हजार ६ सय ४८ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि शनिबार नेपालमा ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज भएका थिए भने ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका थिए ।


  •  
  •  
  •