थप ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज

93
  •  
  •  
  •  


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ।

कोरोना संक्रमणबाट देशभर १८७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।

शनिबार थप ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत चौबीस घन्टामा १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षण भएको छ।


  •  
  •  
  •