एकैदिन ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त

92
  •  
  •  
  •  


काठमाडौं । नेपालमा एकैदिन ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार १ सय ३५ जना कोरोना संक्रमित निको भएका हुन् । योसँगै कोरोना संक्रमित हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ ।
शुक्रबार थप ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै यस अवधिमा थप २०३ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ।

यस दिन कुल २१ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा २० हजार ९४८ जनाको पिसिआर र ५३० जनाको एन्टिजेन परीक्षण भएको थियो।


  •  
  •  
  •