पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना कोरोना संक्रमित डिस्चार्ज

100
  •  
  •  
  •  


काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यसअघि मंगलबार थप ५२२५ जना संक्रमणमुक्त भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ९ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार ६ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २ सय ३८ र ४२४ एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर १६८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ।

हाल देशभर १ लाख १ हजार ६३४ सक्रिय संक्रमित छन्।
ठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना कोरोना संक्रमित थपिएका हुन्।


  •  
  •  
  •