नेपालमा कोरोनाबाट निको हुनेको दर ७७.४ प्रतिशत

84
  •  
  •  
  •  


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको दर ७७.४ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार नेपालमा थप ३ हजार ३ सय ७० जना संक्रमणमुक्त भएका छन् ।
यसअघि शुक्रबार २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका थिए । नेपालमा हाल कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ जना रहेको छ ।
यस्तै शनिबार थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार २ सय ८७ जनामा पीसीआर परीक्षणबाट तथा १३१ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । यस्तै शनिबार मात्रै देशभर कोरोनाबाट ५३ जनाको मृत्यु भएको छ ।

यसैगरी गत चौबीस घण्टामा १७ हजार ३१५ जनाको पीसीआर तथा ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

सरकारले अहिले उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ । यसरी सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने र माक्स लगाउने, स्यानिजाइज गर्ने, बेलाबेलामा हात धुने, दुरी कायम गर्दै घरमा बस्यौँ बने मत्युदर घट्दै जाने र संक्रमण दर घट्ने देखिन्छ ।

त्यसैले सबै जना घरमा बसौं । विश्व स्वस्थ्य संगठन र नेपाल सरकारले भनेका मापदण्ड पालना गरौँ ।


  •  
  •  
  •