नेपालमा संक्रमणमुक्त हुनेको दर बढ्दो, बिहीबार २७ सय ७ जना डिस्चार्ज

122
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर बढेसँगै संक्रमणमुक्त हुनेको दर पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकैदिन २७ सय ७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेकाे छ ।

यसअघि बुधबार १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका थिए । मंगलबार २ हजार २१ जना, सोमबार १ हजार ६ सय १२ जना, आइतबार १ हजार २८७ जना डिस्चार्ज भएका थिए । यसरी हेर्दा संक्रमणमुक्त हुनेको दर पनि बढेको देखिन्छ ।

मन्त्रालयका अनुसार बिहीबार ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् । यसअघि बुधबार ८ हजार ६५९ जनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । यसअघि बुधबार ५८ जनाको कारोना संक्रमणबाट मृत्यु भएको थियो । यसरी बिहीबार मृत्यु हुनेको संख्या ४ जनाले कमि हो ।

सरकारले अहिले उपत्यकासहित देशका ५६ जिल्लामा निषेधाज्ञा लागू गरेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक आदेश जारी भएको छ ।

यसरी सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने र माक्स लगाउने, स्यानिजाइज गर्ने, बेलाबेलामा हात धुने, दुरी कायम गर्दै घरमा बस्यौँ बने मत्युदर घट्दै जाने र संक्रमण दर घट्ने देखिन्छ । त्यसैले सबै जना घरमा बसौं । विश्व स्वस्थ्य संगठन र नेपाल सरकारले भनेका मापदण्ड पालना गरौँ ।


  •  
  •  
  •