९ हजार ७० जना कोरोना संक्रमित थपिए, २ हजार ७ सय ७ डिस्चार्ज

97
  •  
  •  
  •  


काठमाडौं । नेपालमा बिहीबार थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७ सय ७ जनालाई डिस्चार्ज भएका छन् । कोरोनाबाट थप ५४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १ सय ६३, भक्तपुरमा २ सय ४२ र ललितपुरमा ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो।

गत चौबीस घण्टामा २० हजार ३ सय ६७ जनाको पीसीआर तथा ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गरिएको छ।


  •  
  •  
  •