दुई हजार तीन सय ५१ कोरोना संक्रमित थपिए

66
  •  
  •  
  •  


काठमाडौं । नेपालमा बुधबार थप दुई हजार तीन सय ५१ जना कोेरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आठ हजार आठ सय ४४ जनामा परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
बुधबार काठमाडौं उपत्यकामा एक हजार ५१ जनामा नयाँ संक्रमण पुष्टी भएको छ। जसअनुसार काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना संक्रमित थपिएका छन्। उनका अनुसार देशभर एक सय ८० जना आइसीयुमा छन्। संक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ छन्। दुई सय ८७ जना संक्रमणमुक्त भएका छन् ।


  •  
  •  
  •