बालबालिका बढी कोरोना जोखिममा रहेको भन्दै आयोगको ध्यानाकर्षण

65
  •  
  •  
  •  


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ बाट बालबालिका बढी जोखिममा रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरी बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहँदै पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ

सरकारले उच्च जोखिममा रहेका १४ जिल्लामा शिक्षण संस्थालगायत बढी भिडभाड हुने क्षेत्र तत्काल बन्द गर्न सुझाव दिए पनि शिक्षण संस्था सञ्चालनमै रहेकाले बालबालिकाहरूको स्वास्थ्यको अधिकार जोखिममा परेको आयोगको निष्कर्ष छ ।

आयोगले उपत्यकाका विभिन्न विद्यायलमा अनुगमन गर्दा निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नभएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थी संख्या धेरै भएकाले ती विद्यालयहरुले टाउको दुःखेका बिरामी विद्यार्थीलाई समेत अन्य विद्यार्थीसँगै एउटै कक्षाकोठामै राखेको पाइएको आयोगले जनाएको छ ।


  •  
  •  
  •