२८८ जनामा कोरोना सङ्क्रमण

90
  •  
  •  
  •  


काठमाडौं । देशभर दुई सय ८८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
चार हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार तीन सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २७ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ३५ पुगेको छ । अहिले नेपालमा २६ सय १५ जना सक्रिय सङ्क्रमित छन् ।
२४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन ।


  •  
  •  
  •