थपिए २ सय ६० कोरोना संक्रमित

39
  •  
  •  
  •  


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना कोरोना संक्रमित भेटिएका छन्। यस्तै उपत्यकामा १ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन्। १ सय १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २ सय ४३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परीक्षण क्रममा देशभर २ सय ६० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४ सय ७० छ भने देशभर सक्रिय संक्रमित संख्या १ हजार ९ सय ७९ रहेको छ । क्वारेनटाइनमा ६९ जना छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ।

 


  •  
  •  
  •