थप ४०३ जनामा कोरोना संक्रमण(हेर्नुहोस् कहाँ, कति संक्रमित ? )

347
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ। सोमबार ५९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

हाल देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार हाल देशभर २०९ जना कोरोना संक्रमितको आईसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

हेर्नुहोस् कहाँ, कति संक्रमित


  •  
  •  
  •