काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो मंगलबार थप ९ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हाल नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना निको भएर फर्किएका छन्। योसहित संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ३० पुगेको छ।