नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण, ४५०० जना डिस्चार्ज, १८ जनाको मृत्यु

73
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ।

मन्त्रालयका अनुसार शुक्रबार ४ हजार ५ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ भने १ हजार २ सय ५४ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ।

यसअघि बिहीबार थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३४३० जना डिस्चार्ज भएका थिए । थप १८ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •