कोरोना बीमाको दावी भुक्तानी एक साताभित्रै गर्न निर्देशन

72
  •  
  •  
  •  

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी एक सताभित्र गर्न बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्रालयले पनि कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई गरेको भन्दै बीमा समितिलाई पत्र लेखेर सात दिन भित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन पत्र काटेको थियो । त्यस अनुसार समितिले सात दिन भित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन निर्नेशन दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबार बसेको बैठकले कोरोना बीमाको दाबी गरेका सबै बिमितहरुलाई एक हप्ताभित्रै दाबी भुक्तानी दिने समेत निर्णय गरेको थियो । दाबी भुक्तानीको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने पर्ने निर्णय पनि अर्थमन्त्रालयमा सबेको बैठकले गरेको छ ।


  •  
  •  
  •