मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँने रहेछ’

86
  •  
  •  
  •  

काठमाडौं । बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँन मदत्त पुर्‍याउने बताएका छन् ।

अर्को कलाकार हरिबंश आचार्यलाई कोरोना पोजेटिभ देखिएपछि उनले एउटै गाडीमा चढ्दा मास्क एक सेकेण्ड पनि उतारेका कारण कोरोनाबाट बच्न सकेको बताएका छन् । कलाकार आचार्य र उनकी पत्नी रमिला अहिले कोरोना संक्रमण मुक्त भइसकेका छन् ।

‘कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन । तर पनि सबैको रिपोर्ट कसरि नेगेटिभ भयो होला भनेर सोंच्दा गाडीमा चढेमा हामी सबैले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं’ सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै श्रेष्ठले भनेका छन्,‘त्यस पछि लाग्यो मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्‍याउँदो रहेछ जस्तो लाग्यो।
त्यसैले साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगाउन विशेष ध्यान दिनु होला है ।’

उनको विचार जस्ताको तस्तै

हरिबंशलाई कोरोना पोजेटिभ भैसकेको रहेछ । यो कुरा हरिबंश आफैँलाई पनि थाहा थिएन। उ आफैँलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुबैजनाले यस बिषयमा कुरै नगरे पछि बिचरा हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन सङ्का सम्म पनि नहुनु स्वाभाबिकै थियो ।

हामी त दुई दिन सम्म मजाले शुटिङमा ब्यस्त भएर, एउटै गाडि धेरै बेर सम्म चढेर हिंडीरहेका थियौं ।

भोली पल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो त …! ? भन्दा त लौ मार्यो …
एक छिन त म पनि झसंग भएं। किनभने हरिबंश कोरोनाको लागि हड्डी बराबर हुन सक्ला तर म त कोरोनाको लागि एकदम मीठ्ठो कवाफ बराबर हुन सक्छ । तर मेरो स्वाथ्यमा कोरोनाको कुनै लक्षण देखापरिरहेको थिएन तैपनि सतर्कताकासाथ घरैमा आईसोलेशनमा बसिरहें ।

एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका म समेत चारैजनाको रिपोर्ट नेगेटिभ आयो । कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन ।

तर पनि सबैको रिपोर्ट कसरि नेगेटिभ भयो होला भनेर सोंच्दा गाडीमा चढेमा हामी सबैले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं । त्यस पछि लाग्यो मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ जस्तो लाग्यो। त्यसैले साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगउन बिषेश ध्यान दिनु होला है ।


  •  
  •  
  •