काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना संक्रमण

69
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ७८८ पुरुष र ५६९ महिलामा संक्रमण पुष्टि भएको हो।


हाल काठमाडौंमा १६८९०, भक्तपुरमा ११५१ र ललितपुरमा २३०३ सक्रिय संक्रमित रहेका छन्। यसमध्ये काठमाडौंमा १०५०१ र ललितपुरमा २२५७ जना होम आइसोलेसनमा बसेका मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा २१९, भक्तपुरमा ६६ र ललितपुरमा ६० जना संक्रमितको मृत्यु भएको छ।
यसअघि शुक्रबार काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •