थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण

मृत्यु हुनेको संख्या ९ सय नाघ्यो
91
  •  
  •  
  •  

काठमाडौँ, पछिल्लो २४ घण्टामा देशभर कोभिड १९ कोरोना भाइरसका थप २ हजार ३ सय ६४ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप १७ जनाको मृत्यु भएको छ । यो सँगै देशभर कोरोना संक्रमणको कारण मृत्यु हुनेहरुको संख्या ९ सय ४ पुगेको छ ।


  •  
  •  
  •