कोभिड-१९ का विरामीको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता गरः वरिष्ठ नेता नेपाल

92
  •  
  •  
  •  

काठमाडौँ । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोभिड – १९ कोरोना संक्रमिको उपचार नगर्ने सरकारको निर्णय अनुचित भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।

फाइल तस्बिर

संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने उनको भनाइ छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले गरिवी, अभाव र बेरोजगारीले पिल्सिएका बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘हाम्रा विद्यमान कानूनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरिएको उक्त विभेदकारी, गैर जिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्व फिर्ता लिन जोडदार माग गर्दछु ।’

मुलुक कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला सरकारले विरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेकोप्रति नेकपाकै नेताहरुले असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।


  •  
  •  
  •