नेपालमा दुई हजार ९ सय ४२ काेराेना संक्रमित थपिए, दुई हजार ३२६ जना डिस्चार्ज

६६ भेन्टिलेटर र ३०१ जना आईसीयूमा उपचार
70
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप २ हजार ९४२ संक्रमित थपिएका छन् ।
योसँगै देशभर आज सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालहरुबाट दुई हजार ३२६ जना घर फर्किएका छन् ।


पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको थियो । देशभरका संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना र होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् ।
देशभरका ६६ जना भेन्टिलेटर र ३०१ जना आईसीयूमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस सँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

 


  •  
  •  
  •