नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण, १८०० संक्रमणमुक्त

आईसीयूमा २९० र भेन्टिलेटरमा ६६ जनाको उपचार
57
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शनिबार थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टायता १५ हजार ४३८ पीसीआर परीक्षण गर्दा ३ हजार १६७ कोरोना संक्रमित थपिएको बताए ।
योसँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

शनिबार थप १ हजार ८०० संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ ।

संस्थागत आइसोलेसनमा १३२९९ जना र होम आइसोलेसनमा २५४३८ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४७१७ जना रहेका छन्। आईसीयूमा २९० र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । यसअघि शुक्रबार नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •