नेपालमा थप ४३६४ जनामा कोरोना संक्रमण, २६७५ डिस्चार्ज, १२ जनाको मृत्यु

४२ को भेन्टिलेटर र २६५ जनाकाे आईसीयूमा राखेर उपचार
114
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप चार हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टायता थप चार हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । हाल देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
यसअघि बुधबार थप तीन हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने एक हजार १२६ जना डिस्चार्ज भएका थिए । देशभर बुधबार १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

यस्तै कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । योसँगै मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।


  •  
  •  
  •