कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ६४ लाख नाघ्यो, १० लाख ६० हजारको मृत्यु

२ करोड ७४ लाखबढी संक्रमणमुक्त, ७९ लाखबढी सक्रिय संक्रमित
101
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६४ लाख ३ हजार ८९२ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ६० हजार ६०१ पुगेको छ । विश्वभर २ करोड ७४ लाख १९  हजार १६७ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७९ लाख २४ हजार १२४ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ७७ लाख ७७ हजार २२४ जना पुगेको छ । २ लाख १६ हजार ७८४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४९ लाख ८३ हजार ३८० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ७६ हजार ६० जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ६८ लाख ३५  हजार ६५५ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५ हजार ५५४ पुगेको छ । ५८ लाख ७२ हजार ७०४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख २ हजार ३९७ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५० लाख २  हजार ३५७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४८ हजार ३०४ को मृत्यु भएको छ । ४३ लाख ९१ हजार ४२४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६२ हजार ६२९ जना रहेका छन् ।

रुसमा १२ लाख ४८ हजार ६१९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २१ हजार ८६५ जनाको मृत्यु भएको छ । ९ लाख ९५ हजार २७५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ३१ हजार ४७९ जना रहेका छन् ।

काेलम्बीया ८ लाख ७७ हजार ६८३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २७ हजार १८० जनाको मृत्यु भएको छ । ७ लाख ७३ हजार ९७३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७६ हजार ५३० जना रहेका छन् ।

 


  •  
  •  
  •