काठमाडौं उपत्यकामा थप एक हजार ५६० जनामा कोरोना संक्रमण

91
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ कोरोना संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा ५०५ महिला र ८६८ पुरुष, ललितपुरमा ७९ महिला र १०८ पुरुष र भक्तपुरमा २० महिला र १९ पुरुष रहेका छन् ।

शनिबार काठमाडौंमा एक हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी एक हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।


  •  
  •  
  •